6 मार्च २०१०, तपाईंहरुको अमुल्य समय दिएर सगरमाथा गोर्खा नेपालिज कम्युनिटीको चौथो महाधिबेसन सफल पारि दिनु भएकोमा म कम्मुनिटिको निबर्तमान अध्यक्षको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु । बिबिध जात , भाषा , धर्म तथा बहुसांस्कृतिक बिबिधता बोकेर आफ्नो मातृभूमि भन्दा धेरै टाढा आएर यो कर्मा भूमिमा पनि हामी नेपालिज़ कम्युनिटिमा गोलबद्दा भएका छौ | हाम्रो भाषा, संस्कृति र परम्परालाई बचाई राखनु हरेक नेपालीहरुको कर्तब्य त होनै साथै यस् संस्थाले स्थापना काल देखी नेपाली कला, संस्कृति जोगाउने र नेपालीहरुको हित हुने कार्य गर्दै आएको अबगत गराउन चाहन्छु |
नेपालीहरुको साझा संस्था, सगरमाथा गोर्खा नेपालिज कम्युनिटीको अध्यक्ष भएर काम गर्न पाउदा म गौरवान्वित भएको छु |सेवा नै धर्मा हो भन्ने उक्तिलाई आत्मासाथ गर्दै यो मर्यदित कार्यभार दिएर समाज सेवा गर्ने मौका प्रदान गर्नु भएकोमा यहांहरू संग हार्दिक आभार ब्यक्त गर्दछु | हरेक सल्लाहकार तथा सदस्यहरुको महत्वपूर्ण सहयोगले यस संस्थालाइ अझै अगाडी बढ़न सफल बनाउनु भएकोमा यहाँहरुलाई धेरै धेरै धन्यबाद | धेरै मेहनत र सहयोगले यो संस्थालाइ यो स्थान सम्म ल्याउन सहयोग गर्नुहुने संपूर्ण भुतपुर्ब अध्यक्षहरु, सल्लाहकारहरु र सदस्यहरुलाई पनि हार्दिक धन्यबाद दिन चाहन्छु |
मलाई पूर्ण विश्वाश अनी भरोसा छ । आज हामी जसरी यस सस्थामा नेपाली दाजूभाई तथा दिदिबहिनीहरु एउटै नेपाली मन, नेपालीपन र मिठो सम्बन्ध बांधेर बसेका छौ भोलीको दिनमा पनि अझ गाढा सम्बंधले हाम्रो नेपाली पहिचानलाइ माथि उकास्ने छ भन्ने पूर्ण बिश्वास गर्दा छु । मेरो कार्यकालमा प्रत्येक कार्य समितिले आ-आफ्नो जिम्मेवारीलाई कर्तब्य ठानी सहयोग गर्नुभएकोमा हार्दिक धन्यबाद दिन चाहन्छु ।
अन्तमा नेपाली नयाँ बर्षाको आगमनको साथै सम्पूर्ण नयाँ कार्यसमितिको दुई वर्षा कार्यकाल पनि सुरु भएको छ । यही सुखद अवसर पारी सम्पूर्ण कार्यसमितिको सुख ,सम्रिदी र सफलताको कामना गर्दै सम्पूर्ण महानुभाबहरुमा नयाँ बर्षाको अग्रिम शुभकामना ।
गोम्बा शेर्पा
निबर्तमान अध्यक्ष |