आशफोर्डमा अन्तर्राष्ट्रिय मञ्चको खुला दिवश
आशफोर्डमा अन्तर्राष्ट्रिय मञ्चको खुला दिवश
- पोपीराज राई
केण्ट/सगरमाथा गोरखा नेपाली कम्युनिटी आशफोर्ड, केन्टले स्थानीय आशफोर्ड बरो काउन्सिलको मातहतमा आयोजित अन्तर्राष्ट्रिय मञ्चको खुला दिवसमा सदा झैं कम्युनिटीको तर्फबाट सहभागिता जनाएको छ ।
उक्त दिवसमा स्थानीय बरो काउन्सिलका सम्पूर्ण समुदायहरुले सहभागिता जनाउँदै आ-आफ्नै संस्कृति र परम्पराअनुसारको भेषभूषा, आफ्नै किसिमको खानपिन, आफ्नै चलनचल्ती अनुसारको सरसामानहरु प्रदर्शन गरेका थिए ।
आशफोर्ड अन्तर्राष्ट्रिय मञ्चकी अध्यक्ष श्रीमती जेनिफरले दिउासोको करिव ४ बजे सम्पूर्ण कम्युनिटीका सहभागीहरुलाई स्वागत गरी कार्यक्रम सुरु गर्नु भएको थियो ।
मेयर जोन होलाण्डले अन्तर्राष्ट्रिय मञ्च खुला दिवसको महत्वमाथि प्रकाश पार्दै यसको आवश्यकता माथि जोड दिनु भयो । मेयर होलाण्डले आशफोर्डबासीले झैं एकअर्कामा परस्पर आदर, हातेमालो र सहयोगी भावना बाँड्दै जाने हो भने यो संसारमा धेरै शान्त र सुरक्षित हुन्थ्यो भन्नुभयो । उहााले आगामी दिनहरुमा आशफोर्डमा आदर र सहयोगको भावना अगाडि बढाई शान्ति सुरक्षा कायम राख्न सहयोग मिलोस् भन्ने कामना गर्नुभयो ।
आसफोर्डमा पुर्वी एसियादेखि मध्यपुर्वी देशहरु र साउथअमेरिकादेखि युरोपियन मुलुकका विभिन्न जातजातिहरु मिलेर बसेका छन् । कम्युनिटीका अध्यक्ष गोम्बा शेर्पाले कार्यक्रममा सहभागी विभिन्न कम्युनिटीका पदाधिकारी तथा नेपालीहरुसाग शुभकामना आदान प्रदान गर्नु भएको थियो ।
सभार नेपाली सन्देश
|