|
|
आशफोर्डमा सरसफाई कार्यक्रम
20/02/2010
पोपीराज राई
केण्ट/सगरमाथा गोर्खा नेपाली कम्युनिटी केन्टले गत फेब्रुअरी ७ तारिख नया काम गरी स्थानीय काउन्सिल अन्तर्गतका समुदायहरुबीच उदाहरणीय बन्न सफल भएको छ । कम्युनिटीले आशफोर्डको वातावरणलाई सरसफाई गर्ने कार्यक्रम सुरु गरी स्वच्छ राख्ने कामको थालनी गरेको हो । स्थानीय आशफोर्ड केण्ट काउन्सिलको 'वारेनउड कन्ट्रीपार्क' क्षेत्रको पाँच माइल दुरी वरिपरिको क्षेत्रलाई घेरेर सगरमाथा गोर्खा नेपाली कम्युनिटीका सदस्यहरुले सरसफाइ गरेका थिए । कम्युनिटीका महासचिव श्री लिम्वुले सम्पूर्ण उपस्थित कम्युनिटीका सदस्यहरुलाई सो दिनको कार्यक्रम र हेल्थ एण्ड सेफि्टको बारेमा छोटो विवरण दिनुभएपछि बिहान ११ बजे आशफोर्डमा सरसफाई कार्यक्रम सुरु गरिएको थियो । अपरान्ह २ बजेसम्म गरिएको सरसफाई कार्यक्रममा कम्युनिटीका ७० जना सदस्यहरुको सहभागिता रहेको थियो । कम्युनिटीले ४५ वटा मैला ब्यागहरु जम्मा गरेको अध्यक्ष गोम्वा शेर्पाले बताउनु भयो ।
केण्टका विभिन्न एजेन्सीमा आवद्ध पत्रकारहरुको समेत उपस्थिति रहेको सो कार्यक्रमको अन्त्यमा कम्युनिटीका अध्यक्ष गोम्बा शेर्पाले कार्यक्रममा उपस्थित कम्युनिटीका सदस्यहरुलाई आफ्नो कम्युनिटीको यस्तो उदाहरणीय कार्यक्रमको लागि समय उपलव्ध गराई सहयोग पुर्याइदिनुभएकोमा धन्यवाद दिदै आउदा दिनहरुमा पनि यसरी नै आफ्नो कम्युनिटीका लागि उदाहरणीय काम गर्न प्रेरित गर्नु भएको थियो ।
सभार नेपाली सन्देश
|

|
|
|